तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा आगलागी, ४३ घर गोठ जले

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न स्थानमा शनिवार भएको आगलागीका कारण ४३ घर गोठ जलेर नष्ट भएका छन् । 

आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैँसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिनुभयो ।

भूमिकास्थान नगरपालिका  वडा नम्बर  ३ र ४ धारापानीमा हिजो भएको आगलागीमा २३ घर गोठ जलेका थिए । नगरपालिका  धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँको आगलागीले १३ घर र १० घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताउनुभयो ।

उहाँका अनुसार बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने अझै नियन्त्रणमा आएको छैन ।

आगलागीबाट पाणिनी  गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् । शितगङ्गा नगरपालिका वडा नम्बर ६ र १२ भेडामारे, डोहोटे, गल्डुङ्गलगायतका स्थानमा डढेलोले पाँच घर र आठ गोठ जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button