पर्यटनमन्त्री भट्टराई र इजरायलका आर्थिक मामिलामन्त्री इली कोहेनबीच जेरुसलेममा भेटवार्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र इजरायलका आर्थिक मामिलामन्त्री इली कोहेनबीच बिहिबार जेरुसलेममा भेटवार्ता भएको छ ।
भेटवार्तामा मन्त्रीद्वयबीच लगानी, व्यापार र पर्यटन प्रवद्र्धनका साथै नेपालमा इजरायली लगानी अभिवृद्धिबारे छलफल भएको नेपाली राजदूतावासले जनाएको छ ।
मन्त्री भट्टराईले नेपालको जलविद्युत्, होटल, क्यासिनो र कृषिक्षेत्रमा इजरायली लगानीले प्रचुर प्रतिफल दिने उल्लेख गर्दै चिया, कफी, अलैँची र अन्य मसलाजन्य नेपाली उत्पादनको इजरायलमा बजारीकरण गर्न सकिने बताउनुभयो ।
त्यस अवसरमा दुवै देशका मन्त्रीले व्यापारिक समुदायको भ्रमण आदान प्रदान गराउन आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
हाल नेपालले भ्रमण वर्ष २०२० आयोजना गरिरहेको सन्दर्भमा इजरायली मन्त्रीलाई यसै वर्ष नेपाल भ्रमण गर्न मन्त्री भट्टराईले अनुरोध गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्