मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमले घरमै सेवा दिँदै
बैतडी-बैतडीका तीनवटा स्थानीय तहमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको हो ।
ती स्थानीय तहमा रहेका ज्येष्ठ नागरिकका घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । सो कार्यक्रम सञ्चालन हुने पालिकामा एकजना हेल्थ असिष्टेन्ट तथा स्टाफ नर्सले सेवा दिने जनाइएको छ ।
कार्यक्रमअन्तर्गत उपचारात्मक सेवाका साथै ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान केन्द्रित गराउन पैरवी, छलफल पनि सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउन सहयोग मिल्ने विश्वास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यस जिल्ला सहित प्रदेशका नौवटै जिल्लाका २९ स्थानीय तहमा सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्