तपाईँ सुन्दै हुनुहुन्छः

कोशी टप्पु आरक्षका अर्नाले गरे केरा बगानमा पाँच लाख बराबरको क्षति

प्तरी। सप्तरी र सुनसरीमा पर्ने  कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली अर्नाको समूहले किसानहरूले लगाएको केरा खेतीलाई क्षति गरेको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१ भलुवाका किसानहरूले लगाएको केरा(खेती ) बगानमा क्षति गरेको हो। स्थानीय बचेन्द्र यादव र राजेश्वर यादवले लगाएको केरा बगानमा आइतबार राती अर्नाको समूहले क्षति गरेका हुन।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट दर्जनौँको सङ्ख्यामा आएको जङ्गली अर्नाको समूहले केरा बगानमा पसेर खाएर र कुल्चेर लाखौँको क्षति पुर्‍याएको पीडित किसानहरूले बताउनु भयो। 

अर्नाले केराको घरी र थम लाई ढालेर कुल्चिनुको साथै खाएर ५ लाखभन्दा बढीको केरा नष्ट गरेको पीडित किसान बचेन्द्र यादवले जानकारी दिनु भयो।

दिनभरी आरक्षण क्षेत्रमा  बस्ने र साँझ पर्न साथ केरा बगानमा आएर चर्ने गरेको क्रममा केरा नष्ट भएका जति  क्षतिपूर्ति  उपलब्ध गराउन स्थानीय किसानहरुले सरकार सँग माग समेत  गरेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button