रेडियो नेपालबाट कार्यक्रम उत्पादन र प्रसारण गर्नेसम्बन्धी सम्झौता सम्पन्न
काठमाडौँ । रेडियो नेपाल र वन तथा वातावरण मन्त्रालय, एकीकृत भू-परिधि व्यवस्थापन आयोजनाबिच रेडियो कार्यक्रम उत्पादन र प्रसारण गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार वन तथा वातावरण, जैविक विविधता र वन्यजन्तु संरक्षणसम्बन्धी विषयलाई समेटेर रेडियो कार्यक्रम उत्पादन र प्रसारण गरिने छ।
एकीकृत परिधि व्यवस्थापन आयोजनासँग समन्वय गरी उत्पादन गरिने कार्यक्रम रेडियो नेपालबाट २०८१ वैशाख महिनादेखि आइतबार बिहान ७ः४० देखि ७ः५५ सम्म प्रसारण गरिने छ। साथै रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र दाङ, सुर्खेत र दिपायलबाट पनि हप्तामा ३ दिन पुनः प्रसारण गरिने छ।

जलवायु परिवर्तन, बाढी पहिरो, सुख्खा, न्यून तथा अत्यधिक वर्षा, वन र वन्यजन्तुको महत्त्व इत्यादि विषयमा जनचेतना फैलाउनु कार्यक्रमको उद्देश्य रहेको छ।
समझदारी पत्रमा रेडियो नेपाल कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र वन तथा वातावरण मन्त्रालय एकीकृत परिधि व्यवस्थापन आयोजनाका संयोजक सुमन सुवेदीले हस्ताक्षर गर्नुभयो।






प्रतिक्रिया राख्नुहोस्