होली खेल्ने क्रममा तीन बालबालिका बेपत्ता
उदयपुर । उदयपुरमा होली खेल्ने क्रममा दुधकोशीमा डुबेर आज तीन बालबालिका बेपत्ता भएका छन् ।
त्रियुगा नगरपालिका १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले जानकारी दिनुभयो ।
बालबालिकाहरूको समूह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेकामध्ये पाँच जनाको स्थानीयले उद्धार गरेको र तीन जना भने बेपत्ता भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको पुष्टि गरेको छ । खोजतलासका लागि प्रहरी खटिएको जनाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्