करेन्ट लागेर २ जनाको मृत्यु
दाङ । दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
राप्ती गाउँपालिका—३, तल्लो मसुरिया चोक आज शनिबार दिउँसो करिब दुई बजे विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
करेन्ट लाग्दा सोही ठाउँ निवासी ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिनुभयो । हजुरआमा र नाति घरको आँगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लाग्दा ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएको र उहाँलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।
बिजुलीको तार एक्कासी चुँडिएर उहाँको घरको आँगनमा पुग्दा करेन्ट लागेको थियो । नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लागेको बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्