तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात

 पाँचथर। पाँचथर जिल्लाका उच्च पहाडी क्षेत्रहरूमा हिमपात भएको छ ।बुधबार हल्का वर्षा भएपछि जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रहरूमा हिमपात भएको हो ।  

प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष यो पहिलो पल्ट हिमपात भएको हो । “हिउँ परे पछि गुराँस राम्रो फूल्ने , घाँस पलाउने , याक र चौरीलाई समेत फाइदा पुग्ने  फालेलुङ ४ फालोटका चौरी पालक कृषक चन्द्र नेपालले बताउनु भयो 

पाँचथरमा पर्ने तिम्बु पोखरी, पहाडेमेगू, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफूले, फालोट, तीनसीमाना, चारराते लगायत उच्च पहाडी क्षेत्रहरू हिउँले ढाकिएका छन् । 

नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमा समेत हिमपात भएको छ । पाँचथरमा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा बर्सेनिजस्तो हिमपात हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button