‘जुम्ला‐रारा अल्ट्रा म्याराथन’ वैशाखमा हुने
जुम्ला । पाँचौँ जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता आगामी वैशाख १ गते हुने भएको छ। कर्णालीलाई खेल पर्यटनका माध्यमबाट चिनाउन कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा नयाँ २०८१ वैशाख १ गते पाँचौँ जुम्ला–रारा अल्ट्रा म्याराथन हुने भएको हो ।

४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०८१’ सञ्चालनले कर्णालीको पर्यटन प्रवर्द्धनमा टेवा पुराउने अपेक्षा गरिएको छ । विगत ४ वर्षदेखि निरन्तर हुँदै आएको म्याराथनले कर्णालीमा धावक जन्माउन र साविक कर्णालीलाई चिनाउन टेवा पुगेको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो । पत्रकार सम्मेलन मार्फत वैशाख १ गते हुने म्याराथनको तयारी तीव्र रुपमा भइरहेको जनाइएको छ ।
म्याराथनमा सहभागी हुने खेलाडीको नाम दर्ता खुला गरिएको छ ।
४९ किमी दुरी अन्तर्गत सदरमुकाम खलङ्गाबाट सुरु भएर डाँफे लेक, चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको रारा ताल छेउमा समापन हुनेछ ।
जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यावसायिक खेलाडीले पाँचदेखि सात घन्टामा पार गर्दै आएका छन्। चौथो प्रतियोगितासम्म १८ सय हाराहारी खेलाडीले सहभागिता जनाएका छन्। पाँचौँ प्रतियोगितामा कम्तीमा एक हजार खेलाडी सहभागिता हुने लक्ष्य राखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्