तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौँ। सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै छ ।

सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको कार्यदलले तयार पारेको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइसकेको छ ।

शनिबार १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो ।

कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button