बीरगंज महानगरपालिकाद्वारा ८ महिनामा ३३ करोडभन्दा बढी राजश्व सङ्कलन

बीरगंज । वीरगञ्ज महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा ३३ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्षको ८ महिनामा ३३ करोड ३२ लाख ४६ हजार ६१७ रुपैयाँ राजस्व सङ्कलन गरेको बीरगंज महानगरपालिकाका राजश्व महाशाखाका प्रमुख मनोज कर्णले बताउनुभयो ।
बीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
महानगरपालिकाले सम्पत्ति करबाट १२ करोड ११ लाख ९७ हजार ९०६, भूमिकर/मालपोतबाट ६६ लाख ४४ हजार ४८०, घरबहाल करबाट चार करोड तीन लाख ८५ हजार ९५१, बहाल बिटौरीकरबाट १५ लाख १९ हजार ४१६ रुपैयाँ राजश्व सङ्कलन गरेको महाशाखाका प्रमुख कर्णले बताउनुभयो ।
यसैगरी, सवारीसाधन कर (साना सवारी)बाट २० लाख १८ हजार ३७०, पूर्वाधार सेवाको उपभोगमा लाग्ने कर एक करोड चार लाख १२ हजार ४३०, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर १९ लाख ६७ हजार २६२ रुपैयाँ सङ्कलन भएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
यस्तै, अन्य मनोरञ्जन करबाट चार लाख २५ हजार ५९९, व्यवसाय रजिस्टेशन दस्तुरबाट एक करोड ८२ लाख २२ हजार ६३०, अखेटोपहारमा लाग्ने करबाट एक करोड ६४ लाख ६० हजार, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय तीन करोड २५ लाख १७ हजार ५०४, अन्य स्रोतबाट बाँडफाँड नहुने रोयल्टी ८२ लाख ८० हजार, निजी धाराबापत शुल्क ९४ हजार रुपैयाँ प्राप्त भएको प्रमुख कर्णले जानकारी दिनुभयो ।
त्यसैगरी, महानगरपालिकाले सेवा शुल्कबाट २ करोड ७ लाख ६२ हजार ४५७, न्यायिक दस्तुरबाट १९ हजार ६ सय, प्रशासनिक सेवा शुल्कबाट २० लाख १० हजार ७ सय ८९, नक्सा पासबाट २ करोड ३९ लाख २ हजार ९ सय ४७, सिफारिस दस्तुरबाट १ करोड ५९ लाख, व्यक्तिगत घटना दस्तुरबाट २१ लाख ८६ हजार, नाता प्रमाणित दस्तुरबाट १५ लाख ७१ हजार, अन्य दस्तुरबाट ४ लाख ६९ हजार, प्रशासनिक दण्ड जरिवाना तथा जफतबाट ४४ लाख ५३ हजार, बेरुजू असुलीबाट ६ लाख १९ हजार गरी उक्त रकम राजस्व सङ्कलन गरेको प्रमुख कर्णले बताउनुभयो । यो गत वर्षको सोही समयको तुलनामा झण्डै ५ करोडभन्दा बढी रुपैयाँ राजश्व सङ्कलन भएको महानगरपालिकाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्