तपाईँ सुन्दै हुनुहुन्छः

स्पारिङ्ग तथा आत्मरक्षा गोष्ठी तथा प्रथम कलर बेल्ट टेक्वान्डो प्रतियोगिता सम्पन्न

टेक्वान्डो नेपालको आयोजनामा दुई दिवसीय स्पारिङ्ग तथा आत्मरक्षा गोष्ठी तथा एक दिवसीय प्रथम कलर बेल्ट टेक्वान्डो प्रतियोगिता सम्पन्न भएको छ ।

माघ २४ देखी २९ गते सम्म काठमाडौंमा भएको गोष्ठी अन्तराष्ट्रिय टेक्वान्डो महासंघका उपमहासचिव तथा टेक्वान्डोे अस्ट्रेलियाका अध्यक्ष मास्टर माइकल म्युलेटाद्वारा संचालन भएको थियो। उक्त गोष्ठीमा नेपाल भरिका २३ जिल्लाका दुई सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

उक्त गोष्ठी टेक्वान्डोे (आइटिएफ) नेपालका अध्यक्ष एवं अन्तराष्ट्रिय खेलाडी लक्ष्मण बस्नेतले मास्टर माइकल म्युलेटालाई सहायकको रुपमा सघाउनु भएको थियो । त्यसैगरी २६ गते आयोजना भएको प्रतियोगितामा पनि २३ जिल्लाका एक सय चौरासी खेलाडीहरु को सहभागिता भएको थियो । उक्त प्रतियोगितामा काभ्रेका सञ्जय लामा तथा भक्तपुरकी सुरक्षा थापा सर्वोत्कृष्ट घोषित भएका थिए ।

विजयी खेलाडीहरुलाई टर्किस एरलाइन्सका कन्ट्रि म्याानेजर अब्दुल्लाहले पुरस्कार प्रदान गर्नुका साथै प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना, बिशेष अतिथि मास्टर माइकल म्युलेटा, एरि होगन्दारेन, अतिथिहरु नेपाल ओलम्पिक कमिटिका आङ तेम्बा शेर्पाद्वारा पदक एंव प्रमाणपत्र हस्तानतरण गर्नु भएको थियो । त्यसैगरी नेपालमा टेक्वान्डो विकासको लागी महत्वपुण भुमिका निभाए वापत मास्टर माइकल म्युलेटालाइ र एरि होगन्दारेनलाई कदरपत्रले सम्मानित गर्नुका साथै टेक्वान्डोे (आइटिएफ) नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले प्रमुख अतिथि तथा बिशेष अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

टेक्वान्डोे (आइटिएफ) नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई सघाई खेल पर्यटनद्वारा विश्वभर नेपालको प्रचार प्रसार गरी पर्यटक भित्राउन सहयोग गर्ने उद्देश्यले आगामी सेप्टेम्बर १८ देखि २० तारिख सम्म चौथो एभरेस्ट खुल्ला अन्तराष्ट्रिय टेक्वान्डो प्रतियोगिता तथा आइटिएफ गोष्ठी आइटिएफ उपाध्यक्ष ग्रान्ड मास्टर ट्रेभर निकोल्सद्वारा अन्तराष्ट्रिय अम्पाएर कक्षा संचालन हुन गइरहेको अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी गराउनु भएको थियो । समारोहमा प्रमुख अतिथि गणेश प्रसाद तिमल्सिना तथा बिशेष अतिथि मास्टर माइकल म्युलेटा र एरि होगन्दारेनले उक्त कार्यक्रमलाई सहयोग गरी सफल बनाउने प्रतिवद्धता जनाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button