नेपाल–भारत सीमा सुरक्षाबारे सर्वपक्षीय बैठक सम्पन्न
वीरगञ्ज । नेपाल भारतको आपसी सम्बन्ध, सीमा सुरक्षा र भारतमा हुन गइरहेको निर्वाचनको विषयलाई लिएर आज रक्सौलमा नेपाल भारतका सुरक्षा अधिकारी, स्थानीय बासिन्दा, उद्योगी व्यवसायीहरूबिच सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

बैठकमा भारतीय एसएसवी फोर्सका कमाण्डर महानिरीक्षक पङ्कज दरादले नेपाल–भारत मैत्री सम्बन्ध सुधारमा एसएसवी फोर्स सदैव क्रियाशील रहेको बताउँदै सीमा क्षेत्रमा विगतमा राखिएका अस्थायी चेकपोष्टका कारण नेपालतर्फ उत्पन्न भएको असुविधाप्रति क्षमा याचना गर्दै अस्थायी सुरक्षा चेकपोष्ट हटाइएको बताउनुभयो ।
उहाँले भारतमा हुन गइरहेको लोक सभाको निर्वाचनलाई लिएर सुरक्षा व्यवस्था मजबुद बनाउन नेपाल तर्फबाट उचित सहयोग पुग्ने अपेक्षा आफूले लिएको बताउनुभयो ।
आइजिपी दरादले अब वीरगञ्ज रक्सौलको सीमा क्षेत्रमा सुरक्षा चेकपोष्ट नभई सहायता कक्ष स्थापना गरिने दाबी गर्दै यसबाट नेपाल आउने जाने सर्वसाधारणलाई सहयोग पुग्ने बताउनुभयो ।
बैठकमा सशस्त्र सीमा बलका उप–महानिरीक्षक एस सुब्रमणियम, कमांडेंट विकास कुमार, कमांडेंट एनएस मेहरा, द्वितीयक कमान अधिकारी सुन्दरम, उपकमांडेंट दीपक कृष्णा, बीरगंज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत शैलेन्द्र कुमार, सुरेश पट्टपू, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरीका डिएसपी संगम श्रेष्ठ, ग्रिन सिटी सामुदायिक केन्द्र वीरगञ्जका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्