तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा ९८ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेला विरुद्धको खोप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा ९८ प्रतिशत बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएका छन् ।

गत फागुन १४ गतेबाट सुरु भएको दादुरा–रुबेला विरुद्धको खोप अभियानमा १५ हजार ३ सय ९१ बालबालिका खोपबाट लाभान्वित भएका हुन् ।

१५ हजार ६ सय ७० बालबालिकालाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईँले बताउनुभयो ।

९ महिनादेखि ५ वर्षभित्रका उमेर समूहलाई लक्षित गर्दै सुरु भएको अभियान जिल्लाको १२ वटा पालिकाको २५३ वटा खोप केन्द्रबाट सञ्चालन भएको थियो ।

स्वास्थ्य प्रमुख बजगाँइका अनुसार अभियानमा ३५३ खोपकर्ता स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । नियमित खोपबाट वञ्चित ३५ जना बालबालिकालाई डि.पि.टि– हेप.वी–हिव, पि.सी.भी, आइ.पि.भि लगायतका खोप सेवा पनि उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button