सडक दुर्घटनामा अटो चालकको मृत्यु
दाङ । दाङको लमहीमा भएको सडक दुर्घटनामा घाइते भएका अटो चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
शुक्रबार लमहीमा स्कारपियुले ठक्कर दिँदा ४ जना घाइते भएका थिए । पुर्वश्चिम हाइवेको लमही–७ अर्जुन खोला पुलमा नेपालगञ्जबाट आउँदै गरेको प्रदेश ३–०१– ०२२ च १७५७ नम्बरको स्कारपियुले लमहीबाट हस्नापुर जाँदै गरेको रा१ह ६५१२ नम्बरको अटोलाई र अटोले सोही दिशाबाट आउँदै गरेको रा ७ प ३५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते सोही वडा कमानपुरका ३५ वर्षीय अटो चालक विष्णु बहादुर थापाको शुक्रबार राति नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।
ठक्कर दिने स्कारपियु चालक हिरासतमा रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्