तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको उत्तरी भेगमा पानीको अभाव, सुक्न थाले बाली

जनकपुरधाम । चुरेको विनाशका कारणले यस वर्ष फागुनको दोस्रो सातामा नै धनुषाको उत्तरी भेगमा पानीको चरम अभाव हुन थालेको छ । खानेपानीका साथै सिँचाइका लागि पानीको अभाव भएपछि बोटबिरुवा तथा अन्नबाली मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् ।

चुरेको विनाशसँगै पानीको अभाव हुन थालेपछि खानेपानी तथा सिँचाइको व्यवस्था मिलाइदिन स्थानीयबासीले विभिन्न पालिकाहरूमा पैरवी गर्न थालेका छन् । अढाई सय फिटमा जडान गरिएका चापाकलमा समेत पानी आउन छाडेपछि स्थानीय निक्कै चिन्तित बनेका छन् ।

धनुषाको क्षिरेश्वर नगरपालिकाको वडा नंं ७ र ८ मा पनि पानी आउन बन्द भएपछि स्थानीयबासीले खानेपानीको व्यवस्था गर्न नगरपालिकासँग माग गरेका छन् । पानीको अभाव भएपछि स्थानीयबासी निकै पीडित भएको नेकपा माओवादी केन्द्रका नेता तथा स्थानीय श्याम यादवले जानकारी दिनुभयो ।

विगत लामो समयदेखि मधेश प्रदेशमा पानी नपरेको र चुरेको विनाश जारी नै रहेकाले यस वर्ष फागुनमा नै खानेपानी तथा सिँचाइको लागि पानीको अभाव भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button