तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाबाट नवगठित मन्त्रिपरिषद्मा सहभागी हुने चार जनाको नाम सिफारिस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषद्मा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ । 

सो पार्टीको आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रीमा पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button