कैलालीमा आजदेखि हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन कार्यक्रम शुरु

धनगढी । कैलालीमा आजदेखि हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन कार्यक्रम शुरु भएको छ । कैलालीका सबै १३ वटै स्थानीय तह, अस्पताल, स्वास्थ्य केन्द्रमा हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रम शुरु भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
कैलालीमा आठ लाख २९ हजार कुल जनसंख्याको ८० प्रतिशतलाई हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाइने लक्ष्य राखिएको बताइएको छ । आमऔषधी सेवन कार्यक्रम एकसातासम्म सञ्चालन हुनेछ ।
स्वास्थ्यक्रर्मीका अनुसार हात्तीपाईले रोग संक्रमित पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्दछ । यो औषधी खाली पेटमा खानुहुंदैन । शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तिहरूमा हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ ।
तथापी दुई बर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु तथा कुनै कडा रोग लागि औषधि सेवन गरिरहेका, क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दिर्घ रोगीलाई हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गराउन नहुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्