तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय फुटबलको उपाधि उचाल्न फाइनलमा जुम्ला र हुम्ला भिड्दै

जुम्ला । जुम्लामा जारी प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा आयोजक जिल्ला जुम्ला र छिमेकी जिल्ला हुम्ला भिड्ने भएका छन् । बिहीबार भएको दुई खेलबाट विजयी भएका हुम्ला र जुम्ला फाइनलमा प्रवेश गरेका हुन् । 

बिहीबार भएको जुम्ला र सुर्खेत बीचको पहिलो खेलमा पेनाल्टी सुटआउटमा सुर्खेतलाई हराउँदै जुम्ला फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १/१ गोल बराबरी भएपनि भएको पेनाल्टी सुटआउटमा ५ का विरुद्ध ६ गोल गर्दै जुम्ला फाइनलमा पुगेको हो । भने कालिकोट र हुम्लाबीच भएको दोस्रो खेलमा कालिकोटलाई १ का विरुद्ध २ गोल गर्दै हुम्लाले फाइनलको यात्रा पक्का गरेको हो । 

हुम्लाका जर्सी नम्बर ६ का खेलाडी सागर शर्मा र जर्सी नम्बर १४ का  शिव रावलले गोल गरेका थिए । पहिलो हाफमा एक गोल गरेको कालिकोटले खेलको निर्धारित समय सम्म थप एक गोल फर्काउन नसक्दा हार व्यहोर्न बाध्य भयो । 

प्रथम प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि साविक कर्णालीका छिमेकी जिल्ला जुम्ला र हुम्ला शुक्रबार भिड्ने छन् । जिल्लाको पहिचान र उपाधि उचाल्नका लागि जुम्लाले निकै मेहनत गर्ने जुम्ला फुटबल टिमका टिम म्यानेजर राज बहादुर खत्रीले बताउनुभयो । फाइनल खेल शुक्रबार दिउँसो २ बजे चन्ददनाथ रंगशाला (राजसिममा) हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button