तपाईँ सुन्दै हुनुहुन्छः

जाउलाखेललाई हराउँदै एनआरटी केपी ओली कपको फाइनलमा

काठमाडौँ । न्युरोड टिम (एनआरटी) खेलाखेल युथ क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले जाउलाखेलमाथि ३–० गोल अन्तरको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । 

एनआरटीको जितमा  सञ्जीव विष्टले दुई गोल गरे भने  विवेक गुरुङले एक गोल थपे । खेल सुरु भएको पाँच मिनेटमै विवेकले गोल गर्दै  एनआरटीलाई अग्रता दिलाए भने खेलको ५०औँ मिनेटमा सञ्जीवले अर्को गोल गरेर टोलीको अग्रतालाई अझ अघि बढाए । पहिलो गोल गरेको सात मिनेटपछि  सञ्जीवले पुनः दोस्रो गोल गरे । त्यसपछि खेलमा  कुनै गोल हुन सकेन र एनआरटीको जित सुनिश्चित भयो ।

 यसअघि एनआरटी थ्री स्टारलाई १–० तथा खेलाखेल आयोजक केपी ओली एफसीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।  प्रतियोगितामा विजयी हुने टोलीले रु ११ लाख तथा  दोस्रो स्थान हासिल गर्ने टोलीले रु पाँच  लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button