चितवन ट्राफिक प्रहरीद्वारा १ करोड ८१ लाख राजश्व सङ्कलन

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालु आर्थिक बर्ष ८०,०८१ को सात महिनामा १ करोड ८१ लाख बढी राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले चालु आवको साउन देखि माघसम्म १ करोड ८१ लाख ३१ हजार पाँच सय रुपैंया सङ्कलन गरेको हो ।
सबैभन्दा बढी राजश्व सङ्कलन पुसमा
कार्यालयले चालु अबको सात महिनाको अवधिमा सबैभन्दा बढी राजश्व सङ्कलन पुष महिनामा भएको छ भने कम कात्तिकमा भएको छ । जसअनुसार पुस महिनामा २८ लाख ९८ हजार पाँच सय रुपैंया र कात्तिकमा २० लाख २५ हजार पाँच सय रुपैंया संंकलन गरेको छ ।
यस्तै कार्यालयले साउन महिनामा २४ लाख ३१ हजार पाँच सय, भदौमा २३ लाख ७० हजार, असोजमा २८ लाख ७७ हजार र मंसिरमा २६ लाख ६६ हजार पाँच सय र माघमा २८लाख ६२ हजार पाँच सय रुपैंया सङ्कलन गरेको छ ।
कार्यालय प्रमुख सुरेश सुवेदीले पुष महिना पर्यटकीय र घुम्ने सिजन भएकोले सवारी साधनको आगमन बढी हुने भएकोले पनि पुष महिनामा कारबाही सँगै राजश्व सङ्कलन बढेको हुनसक्ने बताउनु भयो । ‘पुष महिना पर्यटकहरू घुम्ने सिजन र चहलपहल हुने सिजन पनि हो, उहाँले भन्नुभयो, यो महिनामा हाम्रो कार्यालयको तालिका अनुसार मुख्य सडक तथा भित्री सडकमा पनि सवारी चेकिङ पनि तीव्र पारेका थियौँ।’ कात्तिक महिनामा चाडबाडको सिजनमा नागरिकको सुरक्षाको लागि राज्यका अन्य निकायका थप ध्यान केन्द्रित हुने र सवारीचालक पनि सचेत भएर हिँड्ने भएकोले कारबाही कम भएसँगै राजश्व सङ्कलन कम भएको उहाँको भनाई छ ।
२५ हजार ४८८ सवारी साधन कारबाही
चितवन ट्राफिक प्रहरीले सात महिनाको अवधिमा सबैभन्दा बढी सवारी साधन कारबाही असोजमा गरेको छ भने,सबैभन्दा कम कारबाही कात्तिकमा गरेको छ । जसअनुसार असोजमा ४ हजार १२९ वटा सवारी साधन कारबाहीमा परेका थिए भने ,कात्तिकमा २ हजार ८४० वटा सवारीसाधन कारबाहीमा परेका छन् ।
कार्यालयका अनुसार साउन महिनामा ३ हजार ४६१ वटा, भदौमा ३ हजार ५५३, मंसिरमा ३ हजार ६२९ , पुषमा ४हजार ७ वटा र माघ महिनामा ३ हजार ८६९ वटा सवारी साधन कारबाहीमा परेका छन् । प्रमुख सुबेदीले सवारीको चाप र चेकिङको प्रकृति र तालिका अनुसार सवारीसाधन कारबाही सङ्ख्या घटबढ हुने बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्