तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र नेदरल्यान्डस् भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज नेदरल्यान्डस् सङ्ग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र नेदरल्यान्डस् बीचको खेल किर्तीपुरस्थित त्रिवि मैदानमा बिहान ११:३० बजे सुरु हुनेछ ।

नेपालले हिजो मंगलबार पहिलो खेलमा नामिबियासङ्ग २० रनले पराजित भएको थियो । उक्त हारलाई सुधार गर्दै नेपाल आजको खेलमा जित निकाल्न चाहन्छ ।

अर्कोतर्फ नेदरल्यान्डस् पहिलो खेलमै नेपाललाई हराएर प्रतियोगितामा विजयी सुरुवात गर्ने दाउमा छ ।

आईसीसी विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्स हाल नेपालमा छन् । यी दुई टोलीसँग नेपालले टी–२० शृंखला खेल्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button