सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा समितिमा छलफल

काठमाडौँ । राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिले सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा छलफल गरेको छ ।
समितिको आजको बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले सुशासनका सम्बन्धमा मुलुकले अन्तराष्ट्रियस्तरमा गरेका प्रतिबद्धता अनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरुले भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, आवश्यक नयाँ कानुन निर्माण गरिनुपर्ने, सांसदहरु पनि कानुन अनुसार चल्नुपर्नेलगायतका धारणा राख्नुभयो ।
बैठकमा वरिष्ठ अधिवक्ता डाक्टर नारायण घिमिरेले सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा प्रस्तुतीकरण राख्दै सुशासन कायम गर्न र विधिको शासनलाई बलियो बनाउन सरकार र सरकारी संयन्त्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्