तपाईँ सुन्दै हुनुहुन्छः

उच्च तहसम्म मातृभाषा शिक्षा लागु गर्न शिक्षा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समतिले शिक्षा सम्बन्धी नयाँ विधेयकमा उच्च तहसम्म मातृभाषामा अध्ययन गर्न पाउने व्यवस्थालाई समावेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

शिक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले नेपालको संविधानले व्यवस्था गरेअनुसार सबै तहमा विद्यार्थीहरुले मातृभाषामा अध्ययन गर्न पाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button