तपाईँ सुन्दै हुनुहुन्छः

दाङका १० पालिकाको कार्यसम्पादनमा शान्तिनगर पहिलो स्थानमा

दाङ । दाङका १० पालिकामध्ये शान्तिनगर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार ३८.६९ अङ्क ल्याएर शान्तिनगर जिल्लाको पहिलो भएको हो । त्यस्तै ३०.९० अङ्क ल्याएर घोराही उपमहानगरपालिका दोस्रो र ३०.२८ अङ्क ल्याएर राप्ती गाउँपालिका तेस्रो भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनले सार्वजनिक गरेको छ।

२९.९४ अङ्क ल्याएर दंगीशरण गाउँपालिका चौथो, २९.५३ अङ्क ल्याएर गढवा गाउँपालिका पाँचौँ, २७.४७ अङ्क ल्याएर बबई गाउँपालिका छैटौँ भएको छ । त्यस्तै २४.३९ अङ्क ल्याएर तुलसीपुर उपमहानगरपालिका सातौँ, २३.२९ अङ्क ल्याएर बंगलाचुली गाउँपालिका आठौँ, २३ अङ्क ल्याएर राजपुर गाउँपालिका नवौं तथा १८.४२ अङ्क ल्याएर लमही नगरपालिका दशौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button