तपाईँ सुन्दै हुनुहुन्छः

महाधिवेशन तयारीबारे छलफल गर्न जसपा बैठक

काठमाडौँ। पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज हुँदैछ ।

पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको बैठकमा महाधिवेशनलाई सफल बनाउन नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयमा छलफल हुने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताउनुभयो ।

प्रवक्ता सुमनले भन्नुभयो, “महाधिवेशनका निम्ति विभिन्न प्रस्ताव तयार गर्न समिति निर्माण गरिनेछ, समसामयिक राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुनेछ ।” जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button