दुर्घटना बढेपछि ‘सडक सुरक्षा संँयुक्त चेकजांँच कार्ययोजना शुरु’

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन र ट्राफिक कार्यालय चितवनको समन्वयमा सडक सुरक्षा सयुंक्त चेकजांँच कार्यायोजना ल्याइएको छ ।
रातको समयमा भएको दुर्घटनामा मानवीय क्षती बढी भएको पाईएकोले चेकजांँच कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख दयाकृष्ण भट्टले बताउनु भयो । ‘विगत ६ महिनाको तथ्यांँक हेर्दा रातको समयमा बढी दुर्घटना भएको पायौं, उहांँले भन्नुभयो , यसलाई न्यूनिकरण गर्न हामीले रात्रीकालिन समयमा कडाई गर्न लागेका हौं ।’ उक्त समयमा मापसे गरी चलाउने , चालक निदाउने, तीब्रगतिमा सवारी चलाउने र ट्राफिक नियम मिच्ने जस्ता घटना बढी हुने गरेका छन ।
उहांँका अनुसार चितवनका दुर्घटना बढी हुने ८ वटा ठाउंँमा प्रहरी र ट्राफिक प्रहरी सहित ७ जना सम्मको टोलीले २४सै घण्टा निगरानी गर्नेछ । प्रहरीले १ महिनासम्म यस योजनालाई परीक्षणको रुपमा लिने र प्राप्त उपलब्धीको आधारमा अघि बढ्ने जनाएको छ । यसलाई प्रभावकारी बनाउन जिल्लाका ५५ जना ट्राफिक र प्रत्येक टोलीमा प्रहरीको समन्वयमा चेकजांँच गरिदै आइएको ट्राफिक प्रमुख भट्टले बताउनु भयो ।
तथ्यांँक अनुसार चालु आर्थिक बर्ष माघको तेस्रो हप्तासम्म जिल्लामा १ सय ८३ वटा सवारी दुर्घटनामा परी ८२ जनाको मृत्यू र ३सय ७७ जना घाईते भएका थिए ।
ती दुर्घटना मध्ये बिहान ६ बजेदेखि १२ बजेसम्म ३६ वटा, बिहान १२ बजेदेखी सांँझ ६ बजेसम्म ५३ वटा, सांँझ ६ बजेदेखी रातको १२ बजेसम्म ६७ वटा र रातको १२ बजेदेखी बिहान ६ बजेसम्म २७ वटा दुर्घटना भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्