कोशी प्रदेशमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार

बेलबारी (मोरङ) । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीमा कांग्रेसका प्रदीप सुनुवार र उद्योग, कृषि तथा सहकारी मन्त्रीमा कांग्रेसका रामकुमार खत्री तथा सामाजिक विकास मन्त्रीमा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्री कार्कीले दुई कांग्रेसका प्रदेशसभा सदस्यलाई राज्य मन्त्रीमा समेत नियुक्त गर्नुभएको छ । उहाँहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ राम नियुक्त हुनुभएको हो ।
यसअघि, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकास मन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भइसक्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्