तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रदेश प्रमुख अहिराजद्वारा पृथ्वीनारायण शाह छात्रवृत्ति कोष स्थापना

सप्तरी । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजले पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । सप्तरीको कञ्चनरुपस्थित नन्दराज सङ्ग्रौला क्याम्पस रूपनगरमा उहाँले उक्त कोष स्थापना गर्नुभएको हो । समुदायद्वारा सञ्चालित उक्त क्याम्पसमा आयोजित एक समारोहकाबीच उहाँले एक लाख एक हजार हस्तान्तरण गदै ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ स्थापना गर्नुभएको हो ।

डा अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भन्ने उद्देश्यले यस क्याम्पस कोष स्थापना गरेको बताउनुभयो । ‘जीवन सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनुपर्छ’, उहाँले भन्नुभयो।

डा. राजेश अहिराजको योगदानबाट प्रभावित भएर क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले‘ राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’मा ५१ हजार रूपैयाँ थप गर्ने घोषणा गर्नुभयाे ।

अक्षय कोषमा रूपनगर निवासी रामप्रसाद खतिवडाले २१ हजार एक सय ११ रूपैयाँ, प्रमिला खतिवडाले ११ हजार एक सय ११ रूपैयाँ र दुवलक्ष्मी श्रेष्ठले १० हजार रूपैयाँ योगदान गर्नुभयाे ।

क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहन्दार विद्यार्थीलाई उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकमबाट प्राप्त बैंंकको ब्याजबाट छात्रवृत्ति उपलब्ध गराइने क्याम्पसले जनाएको छ । अक्षय कोषमा एक करोड जम्मा गर्ने लक्ष्य लिइएको सो क्याम्पसका प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button