कृषि समितिले हालसम्म १० विधेयकमा छलफल सक्यो, आठ सदनबाट पारित

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोतले हालसम्म समितिमा प्राप्त विभिन्न १० वटा विधेयक पास गरेकोे छ ।
समितिको सभापति पूर्णकुमारी सुवेदीले आज पत्रकारसँग कुरा गर्दै खाद्य तथा खाद्यसप्रभुता, भूमि संबन्धी ऐन, वन विधेयक, वातावरण संरक्षण विधेयक गरी विभिन्न ८ वटा विधेयक समितिबाट पास भई सदनबाट समेत पारित भैसकेको जानकारी दिनुभयो ।
उहाँले बीउ बिजन ऐन र विरुवा संरक्षण ऐन माथिको छलफल सकेर सदनमा प्रस्तुत गर्ने क्रममा रहेको जानकारी गराउनुभयो ।
समिति अन्र्तगतका मन्त्रालय र निकायहरुको अनुगमन तथा छलफलगरी विभिन्न विषयमा १८ वटा निर्देशन दिएको जनाएको छ ।
समितिले विषयसँग सम्बन्धीत समितिमा आएका पोल्ट्री व्यवसायको वर्तमान अवस्था, उत्तरगया क्षेत्र संरक्षणलगायतका विषयमा सर्वपक्षीय छलफल तथा आवश्यक छानवीन गरी निर्देशन दिदै जाने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्