एक सय ५० विपन्न बिद्यार्थीलाई बाँड्यो सिम्रिक साकोसले ब्याग

भद्रपुर, झापा । झापाको अग्रणी सहकारी संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापा बिर्तामोडको एक सरकारी विद्यालयका डेढ सय विद्यार्थीलाई शैक्षिक सामग्री बोक्ने ब्याग वितरण गरेको छ ।
आदिवासी मजदूर बिपन्न समुदायका बालबालिकाहरुले अध्ययन गरिरहेको सो विद्यालयका बाल विकास तहदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई विद्यालय परिसरमा आयोजित एक समारोहका बीच व्याग वितरण गरिएको संस्थाका विभागीय प्रमुख विजय बस्नेतले जानकारी दिनुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर बस्नेतको अध्यक्षतामा आयोजित समारोहका बीच प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, वडा नं ८ का कार्यवाहक अध्यक्ष दिपक भट्टराई, संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी ‘निराकार’लगायतले व्याग वितरण गर्नुभएको थियो ।
संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेको समारोहमा अध्यक्ष बस्नेतले संस्थाको वार्षिकोत्सवकै अवसर पारेर आगामी फागुन २ गते बिर्तामोडकै गरामनीमा १४ जना विशेषज्ञ चिकित्सकको सहभागितामा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएकोले सो शिविरबाट लाभ लिन बिरामीहरुलाई आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्