सुनवलमा सवारी दुर्घटना हुँदा १७ जना घाइते एकको अवस्था गम्भीर
नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको सुनवलमा बस र टिप्पर एकआपसमा ठक्कर खादा बस चालक सहित १७ जना घाइते भएका छन् । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार काठमाडौँबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर बिहीबार राती करिब १० बजे सुनवल – ४ अल्कत्रे डाडां नजिकै दुई सवारी एक आपसमा ठोकिएका हुन ।
दुर्घटनामा घाइतेको उपचारका लागि १३ जना देवदह मेडिकल कलेज भलुही,४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते मध्य १ जनाको अवस्था गम्भीर , ७ जना मध्य र ९ जनाको अवस्था सामान्य रहेको डिएसपी बोहराले जानकारी दिनुभयो ।
सवारी साधन र चालकलाई नियन्त्रणमा लिई दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्