बनाउँदै गरेको घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु
कास्की । पोखरा ६ लेक साइडमा बनाउँदै गरेको घरको लिफ्टबाट खसेर एक जना इन्जिनियरको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–६ स्थित चिनीमाया भण्डारीको बन्दै गरेको घरको लिफ्टबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रवीण भट्टराईको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । निर्माणाधीन घरको तातोपानीको सर्भे गर्न गएका भण्डारी नापजाँच गर्ने क्रममा दिउँसो १ बजे घरको पाँचौँ तलाबाट खसेर गम्भीर घाइते भएका थिए ।
भण्डारीलाई तत्कालै उद्धार गरेर गण्डकी मेडिकल कलेज लगिए पनि दिउँसो २ः२७ बजे उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्