इन्जिनियर र सव–इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साहसहित इन्जिनियर नविनकुमार साह र सव–इन्जिनियर विरेन्द्रकुमार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानीका क्रममा निमित्त प्रमुख विनोदले सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिएको र इन्जिनियर नविन र सव–इन्जिनीयर विरेन्द्रले सेवाग्राहीसँग १५ लाख ९६ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले तीनै जना विरुद्द आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
आजै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारीलाई १ लाख ५० हजार रुपैयाँ घुसहित पक्राउ गरेको छ ।
नेपाल–भारत सिमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराईदिने बहानामा सेवाग्राहीसँग घुस लिँदै गर्दा आयोगको कार्यालय बर्दिवासको टोलीले अन्सारीलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको आयोगले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्