चिसोका कारण बन्द विद्यालयहरू सञ्चालन, शितलहर कायमै
जनकपुरधाम । अत्यधिक चिसोका कारणले बन्द भएको जनकपुरधाम उपमहानगरपालिकाको विद्यालयहरू आजदेखि सञ्चालन भएका छन् ।
विद्यालय खुले पनि पनि चिसो अत्यधिक भएकाले विद्यालयहरूमा विद्यार्थीको उपस्थिति न्यून रहेको छ ।
चिसोका कारणले विद्यालयका बालबालिकाहरू प्रभावित हुन थाले पनि उपमहानगरपालिकाले पुस २९ गतेदेखि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सम्पुर्ण विद्यालयहरू माघ ९ गतेसम्मका लागि बन्द गरेको थियो ।
गत सोमवार र मङ्गलवार जनकपुरधामसहित मधेश प्रदेशका जिल्लाहरूमा बिहानदेखि नै घाम लागे पनि आज बिहानदेखि पुनः पश्चिम दिशाबाट चलेको चिसो हावासहितको शितलहरका कारणले यहाँ अत्यधिक मात्रामा चिसो बढेको छ ।
चिसो अझै पनि कम नभएका कारणले विद्यालयहरू खुल्ला भएपनि विद्यार्थीहरू निक्कै कम मात्रामा विद्यालयमा उपस्थित भएको विभिन्न विद्यालयका सञ्चालकहरूले जनाएका छन् ।
जनकपुरधामको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयमा ५० प्रतिशत विद्यार्थी कम आएको विद्यालयले जनाएका छन् ।
बिहानदेखि नै घाम नलागेको र पश्चिम दिशाबाट चिसो हावा चलेपछि चिसो बढेको कारणले बजारको चहलपहलमा कमी आएको छ । दिनभरि नै घाम नलागेका कारणले मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिराहा तथा सप्तरी जिल्लाका जनजीवन प्रभावित बनेका छन् ।






प्रतिक्रिया राख्नुहोस्