झापा विद्रोहको बयान ‘२८ साल’ सार्वजनिक
काठमाडौँ । लेखक तथा पत्रकार कुमार भट्टराईको झापा विद्रोहको सेरोफेरोमा लेखिएको नयाँ कृति ‘२८ साल’ सार्वजनिक गरिएको छ ।

आज काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक समारोहबीच वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, ठूलो दुर्गा अधिकारी र लेखक भट्टराई लगायतले उक्त कृति सार्वजनिक गर्नुभयो ।
झापा विद्रोहमा संलग्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका पात्रहरूको अनुभव समेटिएर लेखिएको उक्त पुस्तक ऐतिहासिक रहेको वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले बताउनुभयो ।
समारोहमा झापा विद्रोहमा संलग्न ठूलो दुर्गा अधिकारीले झापा विद्रोहताका आफूहरूले देखे भोगेका अनुभवहरूलाई कृतिका रुपमा प्रकाशन गरिनुले लोकतान्त्रिक आन्दोलनको सम्मान भएको विचार व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्