रेडियो नेपालका पूर्व कर्मचारी गुप्ताको निधन

काठमाडौँ । रेडियो नेपालका पूर्व प्रशासकीय अधिकृत सुनिलकुमार गुप्ताको आज बिहान २ बजे निधन भएको छ ।
स्वर्गीय गुप्ताको श्रीमती, छोरा र छोरी छन् । स्वर्गीय गुप्ताको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
२०४९ माघमा कार्यालय सहायक पदबाट रेडियो नेपालमा सेवा सुरु गरेका गुप्ताले प्रशासकीय अधिकृत पदबाट २०७९ जेठमा अनिवार्य अवकाश प्राप्त गरेका थिए ।
स्वर्गीय गुप्ताको निधनप्रति रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्