तपाईँ सुन्दै हुनुहुन्छः

मुम्बईको २२ तले भवनमा भीषण आगलागी

मुम्बई । भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।
बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्तित भवनमा आगलागी भएको हो ।
घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचवटा दमकल सहितको उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम शुरु गरेको जानकारीमा आएको छ ।

यद्यपि घटनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button