तपाईँ सुन्दै हुनुहुन्छः

यौन दुव्र्यवहारको आरोपमा एसएसपी राणा पक्राउ

सुनसरी । संघिय इकाई प्रहरी कार्यलय धरानका एसएसपी शौरभ राणालाई यौन दुव्र्यवहारको आरोपमा जिल्ला प्रहरी कार्यलय सुनसरीले पक्राउ गरेको छ ।

एक ४० वर्षिया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा राणा विरुद्ध प्रहरीमा बिहीबार उजुरी आएकाले अनुसन्धानका लागि आईतबार सुनसरी जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरि कार्यलयबाटै एसएसपी शौरभ राणालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

विस २०६६ सालदेखि राणासंग जिनजान भएकोमा यस वर्षको साउन २५ गते इटहरीको पाथिभारा होटेलमा फकाएर बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख गरिएको छ । पीडितले बिहीबार प्रहरीमा दिएको उजुरीमा चिनजान भएको र साउन २५ गते आफूमाथी बलात्कार भएको र सोही आरोपमा कार्बाही गरि न्याय पाउ भनिएको छ ।

यता जिल्ला प्रहरी कार्यलय सुनसरीमा उजुरी हाल्ने धरानकी ती महिलाले भने सरकारी वकिलमार्फत मुद्धा फिर्ता लिईदिनु भन्दै हारगुहार गरेकोमा फिर्ता नभएको बताइएको छ ।

विस २०४९ सालमा निरिक्षक (इन्सपेक्टर) पदमा भर्ना भएर राणाले प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।  निलम्वित हुनु अघि राणा संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख थिए । राणाले जागिरे जीवनको अधिकांश समय पूर्वी नेपालमै बिताएकोमा डिएसपी भएपछि झापा सरुवा हुनुभएको थियो । त्यही उहाँको ती महिलासँग भेटघाट भएको थियो ।

त्यसबेलादेखि उनीहरु बीच अन्तरंग सम्बन्ध बनेको व्याजीहरु बताउँछन् । एसपीमा बढुवा भएपछि राणाको कार्यालय फेरिएको र झापासँग सीमा जोडिएको सुनसरी जिल्लाको प्रहरी प्रमुख हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button