तुलसीचन्द्र स्मृति पुरस्कार खगेश्वर गौतमको कृति महर्षि पाणिनिलाई

काठमाडौँ । खगेश्वर गौतमको कृति महर्षि पाणिनिलाई २०७९ सालको तुलसीचन्द्र स्मृति पुरस्कार प्रदान गरिएकाे छ ।
तुलसीचन्द्र स्मृति प्रतिष्ठानका सचिव हेमराज पौडेलले २०७९ सालभित्र प्रकाशित प्रतिष्ठानमा दर्ता भएका कृतिहरू मध्येबाट गौतमको कृतिलाई पुरस्कृत गरिएको जानकारी दिनुभयो ।
तुलसीचन्द्र स्मृति पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

यस्तै, प्रतिष्ठानले वरिष्ठ लोक गायक, सङ्गीतकार एवं चलचित्र निर्माता नारायण रायमाझीलाई १० हजार रुपैयाँसहित सम्मान गरेको छ ।
प्रतिष्ठानले नेपाली साहित्य, संस्कृति, कला, सङ्गीत, चलचित्र र इतिहासका क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरूलाई वर्षेनी सम्मान गर्दै आएको छ ।
तुलसी राम पाण्डे र चन्द्रकला पाण्डेको स्मृतिमा २०७२ सालमा प्रतिष्ठानको स्थापना भएको हो ।









प्रतिक्रिया राख्नुहोस्