तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीका मुसहर समुदाय भुइयाँ महराजको पूजामा रमाउँदै

महोत्तरी । एकीकृत नमुना मुसहर बस्ती बर्दिबास महोत्तरीका स्थानीयहरुमा भुइयाँ महराजको पूजाले खुशियाली छाएको छ । मुसहर समुदायको कुल देवता दिना–भद्रीलाई स्मरण गर्दै उमलिरहेको तातो दुधले स्नान गरेर भुइयाँ महराजको पूजा गरिन्छ । यसलाई जनबोलीमा अपटनी पूजा पनि भन्ने गरिन्छ ।

आइतबार साँझदेखि झाँकी प्रदर्शन गर्दै भजनकृतनसहित रातभर जाग्राम बसेर सोमबार गाउँ नजिकैको खाली खेतमा तातो दुधले स्नान गरेपछि भुइयाँ पुजाको समाप्न हुने एककिकृत नमुना मुहसर बस्तीका अध्यक्ष विल्टु सादाले बताउनुभयो ।

पूजा गर्न मुसहर बस्तीको प्रत्येक घरबाट चामल, रुपैंया, दाउरा संकलन गरिन्छ । चामलको खिर, खिचडी, दूध, मिठाई, अगरबती, पान, सुपाडी, ल्वाङ्गलगायत अन्य सामग्री किनेर भुइँया पूजा गर्न बस्तीबासी जुटेका स्थानीय कारी माझी मुसहरले बताउनुभयो ।

पूजाको खुशीयालीमा बस्ती बासीले साँझ मिलेर संगै भोज खानेछन् । भुइँया अर्थात् मैथिली शब्दमा तललाई जनाउँछ । तलको अर्थ धर्ती हो । जमिन, माटो वा पृथ्वीलाई भुइँया भन्ने गरिन्छ । भुइँया पूजा प्रकृतिको पुजाको रुपमा पनि लिन सकिन्छ ।

छैठौ शदाब्बदीमा वर्तमान नेपालकै सप्तरी जिल्लामा जन्मिएका दीना–भद्री दाजुभाइको पूजा गर्नु नै भुइँया पूजा हो । दीना–भद्री मुसहर समुदायका कुल देवता तथा अन्याय, अत्याचार र शोषणको विरुद्धको महावीर योद्धाको रुपमा इतिहासमा वर्णन गरिएको छ ।

दिना–भद्रीलाई मुसहर समुदायले भुइँया महाराज भनेर समेत सम्बोधन गर्दै आएका छन् । मुसहर कुलमा जन्मेपनि उनीहरुले सम्पूर्ण समाजको हितको लागि काम गरेको इतिहासमा रहेको बस्तीका मञ्जय सादाले उल्लेख गर्नुभयो ।

श्रम शोषक, अन्यायी, अत्याचारी कनक सिहं धामी तथा नवनबेली दुल्हनको डोलीलाई कब्जा गरी जवरजस्ती एक रात शारीरिक सम्बन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिहंलगायत एक सय ५१ जना शोषक, अन्यायी, अच्याचारी, सामन्तीसित लडी जित प्राप्त गरेका थिए, दिना–भद्री दाजुभाई, यो गुनगान नेपालमा मात्र नभएर छिमेकी देश भारतमा पनि चर्चामा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button