तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा एमालेबाट केसी र घर्तीको उम्मेदवारी दर्ता

दाङ । लुम्बिनी प्रदेशमा बाट नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार बनाएको छ । उहाँहरूले आज प्रदेश निर्वाचन कार्यालय दाङमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

दाङ निवासी एमाले नेता केसीले महिला सिट र पाल्पा निवासी क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताउनुभयो ।  केसी र घर्तीले एमालेका नेता तथा कार्यकर्ताहरूको साथमा घोराही उपमहानगरपालिका १५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य सीता शर्मा चौधरी रहनुभएको छ। त्यसैगरी घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी रहनुभएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि दुई सिटमा निर्वाचन हुन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button