तपाईँ सुन्दै हुनुहुन्छः

१६ औँ योजनाले रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड

काठमाडौँ । १६ औँ योजनाले रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा सांसद्हरुले जोड दिनुभएको छ ।

प्रतिनिधि सभा, अर्थ समितिको १६ औँ पञ्चवर्षीय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँगको छलफलमा सांसद्हरुले  आगामी योजनालाई आवश्यकतामा आधारित बनाई रोजगारी सिर्जना र आत्म निर्भर अर्थतन्त्र निर्माणलाई केन्द्र विन्दुमा राख्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरुले कृषि, स्वास्थ्य, साना तथा मझौँला उद्योगलाई प्रवर्द्धन गर्ने खालका वस्तुपरक उद्देश्य योजनामा समेट्न सुझाव दिनुभयो । 

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले विगतका कमीकमजोरीलाई सुधार गर्दै १६ औँ योजनामा राष्ट्रिय आवश्यकता र सरोकारवालाका सुझावहरूलाई मध्यनजर गरी प्रादेशिक सन्तुलन र रोजगारी सिर्जनालाई केन्द्रबिन्दुमा राखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button