नेकपा केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकबाट राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
चार दिनदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा जारी बैठकको आज अन्तिम दिनको बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।
त्यस्तै बैठकले वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने निर्णय गरेको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको उहाले बताउनुभयो ।
त्यसैगरी सभागृहमा जारी बैठले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कार्यदल गठन गर्ने घोषणा गर्नुभएको हो ।
बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहनुभएको बताइएको छ ।
कार्यदललाई १० दिनको समय दिइएको छ । १० दिनको समयमा समितिले एमसीसीबारे जारी विवादको समाधानका लागि पार्टी भित्र छलफल गर्ने र सुझाव संकलन गर्नेछ ।
अहिले महासचिव विष्णुप्रसाद पौडेलद्वारा बैठकमा समसामयिक प्रस्तावहरू प्रस्तुत भइरहेको प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिनुभयो । ।








प्रतिक्रिया राख्नुहोस्