तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक शिक्षा आजको आवश्यकता : मुख्यमन्त्री चौधरी

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने बताउनुभएको छ ।

बर्दघाटमा रहेको राजा महात्मा पूर्णभद्र माविको स्वर्ण महोत्सवको समापन समारोहमा सम्बोधन गर्दै मुख्य मन्त्री चौधरीले देश निर्माणमा शैक्षिक जनशक्तिकोको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । आजका विद्यार्थीको शिक्षाले नै देशको भोलिको भविष्य निर्क्योल गर्ने भन्दै उहाँले सीपमूलक व्यवहारिक शिक्षा पद्धति अँगाल्नुपर्नेमा जोड दिनुभयो । प्राविधिक शिक्षा मार्फत रोजगारी वृद्धि गर्ने उद्देश्यसहित प्रदेश अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री चौधरीले अबको प्रतिस्पर्धा राजनीतिमा नभई विकासमा हुनुपर्ने धारणा राख्नुभयो । उहाँले तल्लो तहमा विकास नभई पूर्ण रुपमा देशको विकास नहुने भएकाले ग्रामीण स्तरमा विकासको गति बढाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री चौधरीले जनताले सङ्घीयताको मर्म नबुझ्दा निराशा छाएको उल्लेख गर्दै संविधानलाई पूर्ण कार्यान्वयन गर्न आवश्यक नीति निर्माण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button