तपाईँ सुन्दै हुनुहुन्छः

बखुण्डोलस्थित प्रजग कोरियाली राजदूतावास नजीकै रहेको कवाडी पसलमा आगलागी   

फाइल तस्बिर

ललितपुर –बखुण्डोलस्थित प्रजग कोरियाली राजदूतावास नजीकै रहेको कवाडी पसलमा आज बिहान आगलागी भएको छ ।

कवाडी पसलमा चुरोटको ठुटा या विद्युत् सट के कारणले आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हामीलाई कार्यालयमा ११ बजेर १५ मिनेट जाँदा फोन आएको थियो । काठमाडाँै उपत्यकाका तीनै जिल्लाका तथा नेपाली सेनाका गरी पाँच वटा दमकल र १५ पानी ट्याङ्कीबाट आगो नियन्त्रण गरियो ।”  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button