तपाईँ सुन्दै हुनुहुन्छः

भारतद्वारा जाजरकोट भूकम्प प्रभावितलाई फेरि सहयोग

नेपालगञ्ज । भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणको अवसर पारेर भारतले भूकम्प प्रभावितलाई फेरि सहयोग गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भारतीय विदेश मन्त्रालयका कमान्डेट पञ्कज मिश्राले नेपालगञ्जमा आज एक समारोहका बीच विभिन्न सामान हस्तान्तरण गर्नुभएको छ । भारतले यसअघि पनि भूकम्प प्रभावितलाई तीन चरणमा सहयोग गरेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार भारतले स्लिपिङ ब्याग दुई हजार थान, ब्ल्यांकेट एक हजार दुई सय थान, टेन्ट (सिङ्गल फ्लाई) ५० थान, टेन्ट एक सय थान, प्रिफाइभ घर २० थान भारतले सहयोग गरेको छ ।

भारतले यसअघि पटक(पटक गरेर स्लिपिङ ब्याग ५ हजार १२ थान, ब्ल्यांकेट ५ हजार ३० थान, त्रिपाल ६ सय २५ थान, टेन्ट सानो १ सय ९५ थान, टेन्ट ठूलो ३८ थान, मेडिकल सप्लाई ४ हजार ५ सय २५.६० किलो सहयोग गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बाँकेका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button