तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

नवलपरासी,पश्चिम् ।पश्चिम नवलपरासी प्रहरीले चोरीको मोटरसाइकल सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट २ वटा मोटरसाइकल सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट चोरी गरि चलाएको अवस्थामा बा १९ प ८४९१ नम्बरको निलो कलरको स्पेलेन्डर र कागजात नभएको बा २४ प १७५९ नम्बरको एभेन्जर मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

प्रहरीको टोलिले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा बर्दघाट नगरपालिका –१६ केराबारीका २४ वर्षीय मदन थापा, स्थानीय प्रविन सुनार , रोशन क्षेत्री , सुशील कुमाल र सोनु सुनारलाई पक्राउ गरेको छ । मोटरसाइकल चोरीमा संलग्न पाँचै जनालाई चोरी तथा डाँका सम्बन्धि कसुर मुद्रामा अनुसन्धान भइरहेको डिएसपी बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button