तपाईँ सुन्दै हुनुहुन्छः

सुनवलमा बहुउपयोगी ध्यानकेन्द्र निर्माणार्थ महायज्ञ सञ्चालन हुने

नवलपरासी,पश्चिम्।पश्चिम नवलपरासीको सुनवलमा बहुउपयोगी योग तथा ध्यान केन्द्र बन्ने भएको छ।व्यस्त दैनिकी र तनावयुक्त मानवीय जीवनको अवस्थालाई मध्यनजर गर्दै ध्यानकेन्द्र निर्माण गर्ने अभियान सुरु गरिएको हो ।

ध्यान केन्द्र निर्माणार्थ माघ १ गते देखि ८ गते सम्म सञ्चालन गर्ने गरि श्रीमद्भागवत तथा धनधान्याचल ज्ञान महायज्ञ हुने भएको छ ।

महायज्ञ सञ्चालन गर्नका लागी पूर्व नगरप्रमुख भिम बहादुर थापा(भरत)को संयोजकत्वमा सुनवल क्षेत्रका धार्मिक एवम् सामाजिक व्यक्तित्वको सहभागितामा निर्माण सत्मार्ग महायज्ञ मुल समारोह समिति गठन गरिएको छ ।

नेपालकै मध्य भागमा पर्ने पश्चिम नवलपरासीको सुनवलमा वहुउपयोगी योग तथा ध्यान केन्द्रमा, योग केन्द्र ,ध्यान केन्द्र तथा प्राकृतिक चिकित्सा स्वास्थ्य केन्द्र समेत रहने गरि राष्ट्रिय स्तरको ध्यान केन्द्र को योजना रहेको समितिका संयोजक भिम बहादुर थापाले बताउनु भयो ।युवा पुस्तादेखि जेष्ठनागरिकहरुका लागि समेत ध्यान केन्द्र उपयोगी हुने थापाले बताउनु भयो ।

सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले पछिल्लो समयमा मानसिक तनावका कारण विभिन्न समस्याहरू आइरहेको भन्दै शान्त वातावरणमा बस्ने,ध्यान गर्ने,योग गर्ने वातावरणका लागी ध्यान तथा योग केन्द्रको महत्व र आवश्यकता दिनानुदिन बढ्दै गइरहेको उल्लेख गर्नुभयो ।

नगरपालिकाको गौरवको योजनाको रुपमा ध्यान केन्द्र रहने बताउँदै यसको संरक्षकत्व समेत नगरले लिने गरि सहयोग गर्ने अर्यालले बताउनुभयो ।”आज लाखौँ मानिस मानसिक रोगको शिकार भएका छन् ।चिन्ता भय र अस्तव्यस्त जीवनशैली सँगै हरेक समस्याको परिणाम मानसिक रोगको रुपमा बिकास भइरहेको सन्दर्भमा ध्यानकेन्द्र निर्माण आजको आवश्यकता हो,अहिले निरोगीताका लागि ध्यान योगा अपरिहार्य बन्दै गएको छ त्यसैले यो केन्द्र पूर्ण जीवन केन्द्र पनि हो “नगरप्रमुख अर्यालले भन्नू भयो ।ध्यान केन्द्र स्थापना हुनेभएपछी स्थानीयले समेत सक्रियता देखाएका छन् ।

योग तथा वहुउपयोगी ध्यान भवन निर्माणार्थ श्रीमद्ध भागवत धनधान्याचल ज्ञानमहायज्ञमा प्रमुख वाचकको रुपमा पण्डित दीनबन्धु पोखरेल रहने कार्यक्रम रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button