तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसका कारण चीनिया पर्यटकद्धारा होटल बुकिङ रद्ध

चितवन । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय समेत प्रभावित भएको छ । अन्य पर्यटकको तुलनामा खर्च गर्ने चीनिया पर्यटकले नेपाल आउने बुकिङ रद्ध गरेपछि सौराहा लगायत चितवनका अन्य होटलमा चीनिया पर्यटक शुन्य छन । चीनले आफ्ना नागरिकलाई बाह्य देशमा जान प्रतिबन्ध लगाएसंँगै उनीहरुले बुकिङ रद्ध गरेको व्यवसायीहरु बताउंँछन् ।

क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई कोरोना भाइरस संक्रमणको कारण चीनबाट आउने सबै पर्यटकले बुकिङ रद्ध गरेको बताउनुभयो । ‘चीनबाट आउने सबै नयांँ पर्यटकले बुकिङ रद्द गरेका छन्, उहांँले भन्नुभयो, यही भएका फाट्टफुट्ट पर्यटक मात्र छन ।’ उहांँका अनुसार यसअघि ५सयदेखि सातसय सम्म दैनिक चीनिया पर्यटक आउने गरेका भएपनि हाल सौराहामा चीनिया पर्यटक देखिदैनन् । चीनिया पर्यटकसंँगै भारत , युरोप लगायतका पर्यटकमा समेत कमी भएको उहांँले बताउनु भयो ।

चीनिया नयांँबर्षमा पर्यटक उल्लेखनीय मात्रमा रहेपनि केही दिनदेखि चीनिया पर्यटक नआएको क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे बताउंँनुहुन्छ । ‘नयांँ बर्षमा चीनियांँ पर्यटकको संख्या ३० देखि ४० प्रतिशत थियो, उहांँले भन्नुभयो, अहिले यो संख्या घटेर शुन्य जस्तै छ ।’ चीनिया पर्यटकको आगमन नभएपनि आन्तरिक र अन्य पर्यटकको उपस्थिति भने सन्तोषजनक रहेको घिमिरेले बताउनु भयो ।

पछिल्लो पटक चीनिया पर्यटकले पर्यटन प्रर्वद्धनमा राम्रै प्रभाव परेको थियो । हालको लागि बुकिङ रद्ध गरेपनि संक्रमण कम भएपछि सन्देश मार्फत जानकारी गराएको उहांँको भनाई छ । चीनियांँ पर्यटक शुन्य जस्तै भएपनि अन्य पर्यटकको संख्यामा भने कमी नरहेको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी बताउंंँनुहुन्छ । ‘चीनिया पर्यटक नभएपनि मेरो होटल फागुनसम्मका लागि प्याक छ’ उहांँले भन्नुभयो । उहांँका अनुसार सभा सम्मेलनको लागि बुुकिङ हुने क्रम बढेकोले पर्यटकीय गतिविधि कम नभएको उहांँको भनाई छ ।

पर्यटन व्यवसाय प्रभावित भएसंँगै यसको असर अन्य क्षेत्रमा पनि परेको छ । सौराहाका होटल क्षेत्र लगायत क्युरियो सप,एन्टिक शप , ट्राभल एजेन्सीमा समेत यसको असर देखिएको छ । सौराहा क्युरियो शपका सञ्चालक विनोद खनाल रोगको संक्रमण फैलिएसंँगै चीनिया पर्यटक आउन ठप्प भएको बताउंँनुहुन्छ । चीनिया पर्यटक नआएका कारण आफ्नो व्यवसायमा पनि व्यापक असर परेको उहांँको भनाई छ ‘चाइनीजहरु खानाको साथै सपिङ गर्न पनि उत्तिकै मनपराउंँछन उहांँले भन्नुभयो, अहिले बुद्धको मुर्ति, हस्तकला, नेपाली कपडाहरुको व्यापार हवात्तै घटेको छ ।’

सौराहामा मात्रै पर्यटक स्तरीय होटल १ सय २० वटा र रेष्टुेण्ट एण्ड बार ७० वटाको हाराहारीमा छन । चितवनको अन्य पर्यटकीय गन्तव्य पटिहानी , मेघौली लगायतका क्षेत्रहरुमा ३ दर्जनको हाराहारीमा होटल सञ्चालनमा छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button